एजेन्सी । म्यान्मार सेनाको नजरबन्दमा रहेकी लोकतान्त्रिक नेृत आङ साङ सुकीले कोरोनाविरुद्धको खोप पूर्ण रुपमा लगाएकी छिन्।
७६ वर्षीया सुकीले पूर्ण रुपमा खोप लगाएको उनका वकिलले जानकारी दिएका हुन् ।
यद्यपि, सुकीले कुन खोप कहिले लगाइन् भनेर केही खुलाइएको छैन।
उनी अहिले म्यानमारमा नजरबन्दमा छिन् र सेनाले सत्ता कब्जा गरेयता उनी सार्वजनिक रुपमा देखा परेकी छैनन् ।
म्यानमारको सेनाले गत वर्षको १ नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टी नेशनल लीग फर डेमोक्रेसी पार्टी )एनएलडी)ले धाँधली गरेको भन्दै सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो। उक्त निर्वाचनमा सुकीको पार्टी भारी बहुमतसहितको विजयी बनेको थियो ।