२० मंसिर २०८२, शनिबार
,
Latest
पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘बहाव’को पहिलो झलक सार्वजनिक



अ+ अ-

काठमाडौँ । ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत हुनुहुन्छ ।

प्रमोद कँडेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री पन्तले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिनुभएको छ । “जिज्ञासा, विचार अनि यथार्थको कथामा तयार गरिएको चलचित्रको पोस्टरले कथासार दर्शाउने छ । खोजीमा भइरहेको अवस्थाको विद्रोहलाई समेटेका छौँ”, फोटोपत्रकार कँडेलले भन्नुभयो, “जिज्ञासु स्वभावले निम्त्याउने उतारचढावका परिस्थितिबाट आउने हलचललाई कसरी सन्तुलितरूपमा अगाडि बढाउन सकिन्छ भन्ने यसले बुझाउँछ ।”

अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठसमेतको अभिनय रहेको चलचित्रमा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको छ भने कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन गर्नुभएको छ ।