२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन दिन भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जिप्रका तनहुँको आग्रह



अ+ अ-

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले तीन दिन भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ । प्रशासनले बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । आज सूचना जारी गर्दै प्रशासनले नदी तथा खोला छेउछाउ नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज प्रकाशन गरेको मौसम बुलेटिनअनुसार भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचना अनुसार बाढीपहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलनलगायतका कुनै पनि कार्य नगर्न र सेतीमादी, त्रिशूली, मस्र्याङ्दी नदीलगायत खोलाको छेउछाउ नजान आग्रह गरिएको छ । 

कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालीन सञ्चालन केन्द्रको फोन नम्बर ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६००११११ र प्रहरी उपरीक्षकको फोन नम्बर ९८५६०६५५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।