१४ श्रावण २०८३, बिहीबार
,
Latest
सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलद्वारा एभर्टन पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले एभर्टनलाई २-० गोलले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र कोडी गाक्पोले एक एक गोल गरे ।

घरेलु मैदान एनफिल्डमा खेलको ३६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । डार्बिन न्युनेजले काउन्टर बल लग्दै सलाहलाई पास उपलब्ध गराएको थिए । सलाहले उक्त बललाई वान टचमा गोल गरे ।

यस्तै ४९ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनलाई अलेक्जान्डर आर्नल्डले पास उपलब्ध गराएका थिए । त्यसपछि दुबै टिमबाट गोलको प्रयासहरु भए पनि गोल हुन नसक्दा लिभरपुलले महत्वपूर्ण तीन अंक जोड्यो ।

यो नतिजासँगै २१ खेलबाट ३२ अंकसहित तालिकाको नवौं स्थानमा छ । एभर्टन २२ खेलबाट १८ अंकसहित १८ औं स्थानमा छ ।