काठमाडौं । काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच ‘वान टु वान’ भेटवार्ता सुरु भएको छ ।
आज (बुधबार) दिउँसो सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको एमाले कार्यदलको बैठकले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो ।
त्यसैअनुरुप थप निचोड निकाल्न अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल होटल मेरियटमा छलफलमा जुट्नुभएको हो ।
कार्यदलको आज सिंहदरबारमा भएको बैठकमा प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको थियो ।