२१ असार २०८३, आईतवार
,
Latest
धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच ‘वान टु वान’ भेटवार्ता सुरु भएको छ  । 

आज (बुधबार) दिउँसो सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको एमाले कार्यदलको बैठकले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो । 

त्यसैअनुरुप थप निचोड निकाल्न अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल होटल मेरियटमा छलफलमा जुट्नुभएको हो । 

कार्यदलको आज सिंहदरबारमा भएको बैठकमा प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रुप दिइने समझदारी भएको थियो ।