२१ असार २०८३, आईतवार
,
Latest
भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक जारी, सहमति बाटो खोजिदैँ



अ+ अ-

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक शिहदरबार स्थित अर्थमन्त्रालयमा सुरु भएको छ । कार्यदलको बैठक बस्नु अघि कार्यदलका रहनु भएका नेता भीम रावलले बरिष्ठ नेता माधब नेपालसंग नेपाल निबास कोटेश्वरमा छलफल गर्नुभएको थियो ।  नेपालसंग छलफल गरेर राबल फर्किपछि कार्यदलको बैठक सुरु भएको हो ।  

हिजो (बुधबार) साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बसेको छलफलबाट सहमति हुन नसकेपनि कार्यदलले छलफललाई भने निरन्तरता दिईएको हो । 

आज बस्ने बैठकबाट पार्टी एकताबारे कार्यदलमा सहमति हुन सक्ने अनुमान गरिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच हिजो (बुधबार) मेरियट होटलमा वार्ता भएको थियो । ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए । 

उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर शक्ति बाँडफाँड कुरा गर्दा ओली सकारात्मक नभएको बुझिएको छ ।