काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक शिहदरबार स्थित अर्थमन्त्रालयमा सुरु भएको छ । कार्यदलको बैठक बस्नु अघि कार्यदलका रहनु भएका नेता भीम रावलले बरिष्ठ नेता माधब नेपालसंग नेपाल निबास कोटेश्वरमा छलफल गर्नुभएको थियो । नेपालसंग छलफल गरेर राबल फर्किपछि कार्यदलको बैठक सुरु भएको हो ।
हिजो (बुधबार) साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बसेको छलफलबाट सहमति हुन नसकेपनि कार्यदलले छलफललाई भने निरन्तरता दिईएको हो ।
आज बस्ने बैठकबाट पार्टी एकताबारे कार्यदलमा सहमति हुन सक्ने अनुमान गरिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच हिजो (बुधबार) मेरियट होटलमा वार्ता भएको थियो । ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए ।
उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर शक्ति बाँडफाँड कुरा गर्दा ओली सकारात्मक नभएको बुझिएको छ ।