२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठक जारी, सहमति बाटो खोजिदैँ



अ+ अ-

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक शिहदरबार स्थित अर्थमन्त्रालयमा सुरु भएको छ । कार्यदलको बैठक बस्नु अघि कार्यदलका रहनु भएका नेता भीम रावलले बरिष्ठ नेता माधब नेपालसंग नेपाल निबास कोटेश्वरमा छलफल गर्नुभएको थियो ।  नेपालसंग छलफल गरेर राबल फर्किपछि कार्यदलको बैठक सुरु भएको हो ।  

हिजो (बुधबार) साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बसेको छलफलबाट सहमति हुन नसकेपनि कार्यदलले छलफललाई भने निरन्तरता दिईएको हो । 

आज बस्ने बैठकबाट पार्टी एकताबारे कार्यदलमा सहमति हुन सक्ने अनुमान गरिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच हिजो (बुधबार) मेरियट होटलमा वार्ता भएको थियो । ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए । 

उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर शक्ति बाँडफाँड कुरा गर्दा ओली सकारात्मक नभएको बुझिएको छ ।