• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

गेटा मेडिकल कलेजलाई शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गरिने छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा रहेको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताउनुभएको छ ।

गेटा मेडिकल कलेजका बारेमा आज सुदूरपश्चिम क्षेत्रका पूर्व तथ बहालवाला जनप्रतिनिधि, विषय विशेषज्ञ र नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्यसचिवसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्दै उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डको उक्त भनाइ सुदूरपश्चिम र सिंगो नेपालकै लागि निकै ठूलो गर्व र खुसीको कुरा भएको पूर्वसांसद दीपकप्रकाश भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा आजसम्म पनि स्वास्थ्यविज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टिकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा गर्ने सबैले विश्वास लिएका छौँ।”

उहाँका अनुसार यससम्बन्धी थप घोषणा प्रधानमन्त्री प्रचण्डले भोलि फागुन १ गते सुदूरपश्चिमको कैलाली र कञ्चनपुर भ्रमणका अवसरमा गर्नुहुने जानकारी दिनुभयो ।