• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

सरकारी गाडीले लेन मिचेपछि ट्राफिक प्रहरीले गर्यो कारबाही



काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले लेन मिचेर सवारी नियम उल्लंघन गर्ने सरकारी गाडीका चालकलाई कारबाही गरेको छ ।

सामाजिक सञ्जालमा सरकारी गाडीले सवारी नियम उलंघन गरी सवारी चालएको विषयमा विभिन्न प्रतिक्रिया र गुनासो गरेको पाइएपछि ट्राफिक प्रहरी कार्यालयले उक्त सवारी साधन र चालकलाई कारबाही गरेको हो ।

खोजतलास र अनुसन्धान गरी उक्त सवारी साधनलाई फेला पारी सो सवारीका चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।