२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा मिश्रित भलिबलको उपाधि पिरुङलाई



अ+ अ-

तनहुँ । तनहुँको भिमादमा सम्पन्न वडा मिश्रित भलिबलको उपाधि पिरुङ स्पोर्ट क्लबले जितेको छ ।

भिमाद रंगशालामा आइतबार भएको फाइनल खेलमा भिमाद-७ लाई पराजित गर्दै पिरुङ च्याम्पियन बनेको हो । फाइनलमा भिमाद ७ माथि हाबी भएको पिरुङ एकपक्षिय रुपमा तीन वटै सेट जित्दै प्रथम हुन सफल बन्यो ।

माघ १९ गतेदेखि भिमादमा जारी तेस्रो महोत्सवको प्रमुख आकर्षण बनेको वडा मिश्रित भलिबलको विजेता बनेसँगै पिरुङले १ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।

यस्तै उपविजेता बनेको भिमाद ७ ले ७५ हजार ५ सय ५५ रुपैयाँमै चित्त बुझायो । विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यसैबीच आज आइतबार नै महोत्सवको समापन पनि गरिँदैछ ।