१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले नोबेल पुरस्कार पाउन सक्ने !

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले नोबेल पुरस्कार पाउन सक्ने !
अ अ+ अ-

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सक्ने बताइएको छ । 

अधिकांश युरोपेली नेताहरूले नोबेल पुरस्कार समितिलाई नोबेल पुरस्कारको लागि जेलेन्स्कीको नामांकन प्रक्रिया मार्च ३१ सम्म बढाउन आग्रह गरेका हुन् । 

२०२२ को नोबेल शान्ति पुरस्कारका लागि २५१ व्यक्ति र ९२ संस्थाले आवेदन दिएका छन् ।

युरोपेली नेताहरूले नोबेल समितिलाई भने – 'मार्च ३१, २०२२ मा राष्ट्रपति जेलेन्स्की र युक्रेनका जनताका लागि नोबेल शान्ति पुरस्कार मनोनयन प्रक्रिया पुनः खोलियोस् । यो अनुरोधलाई विचार गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।'

बयानका अनुसार युरोपेली नेताहरूले समितिलाई सन् २०२२ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन प्रक्रिया पुनः खोल्न र मनोनयनहरूमा पुनर्विचार गर्न आग्रह गरेका छन्। यस वर्षको नोबेल पुरस्कार अक्टोबर ३ देखि १० सम्म घोषणा गरिनेछ ।

यसैबीच रुस–युक्रेन युद्ध भएको २२ दिन पुगेको छ । रुसीहरूले अहिले युक्रेनको पश्चिमी क्षेत्रहरूमा आक्रमण गरिरहेका छन् । दुवै देशका नेताबीच पटकपटक विभिन्न तहमा बैठक बसे पनि अहिलेसम्म ठोस नतिजा निस्कन सकेको छैन। जसका कारण युक्रेनका छिमेकी देशहरूमा शरणार्थीहरूको आगमन बढेको छ ।