• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   अब खेलकुदमा दौडिन्छ कर्णालीः मुख्यमन्त्री कँडेल ★   दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा ★   जिबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ – लामिछाने ★   सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ ★   ‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’ ★   गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने ★   भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै ★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे

अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्था छैन: अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनु भएको छ ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले नीजि क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सवैलाई साथ लिएर अघि बढ्ने बताउनु भयो । अहिले देशको आर्थिक अवस्था त्यति सन्तोषजनक नभएको बताउँदै सरकार, नीजि क्षेत्र र आम नागरिकहरुका बीचको सहकार्यबाटै अहिलेको अवस्थाबाट पार पाउन सकिने पनि उल्लेख गर्नुभयो । तर, अर्थमन्त्रीले यस्तो भन्यो भनेर आत्ति हाल्नु पर्ने अवस्था भने नरहेको बताउनु भयो ।

विगतको अनुभवका आधारहरु र अहिलेको परिस्थीतिबारे सुक्ष्म अध्ययन गरेर त्यसै अनुसारका कामहरुलाई अघि बढाएको पनि अर्थमन्त्री पौडेलको भनाई छ । अहिलेको सरकारको मुख्य उद्येश्यको रुपमा आर्थिक क्षेत्रका समस्या समाधान गर्ने रहेको पनि बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघले पनि साना तथा मझौला उद्योगहरुको रुपमा रहेको मसलन्द उद्योगको विकासका लागि सरकारसँग पहल गर्ने बताउनुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनतर्फ इंगित गर्दै वरिष्ठ उपाध्यक्षका चार जना आंकक्षीलाई मिल्न आग्रह गरे । वरिष्ठ उपाध्यक्ष नै अर्को पटक स्वतः अध्यक्ष रहने विधानमा व्यवस्था भएकाले आफू अध्यक्ष हुँदा विधान संशोधन गरेर सवैलाई मिलाउन पहल हुने बताए ।

उनले भने ‘अहिले चार जनाले वरिष्ठ उपाध्यक्षमा दावी गर्नुभएको छ, म अध्यक्ष भएपछि विधान संशोधन गरेर कार्यकाल २–२ वर्षको बनाउन पहल गर्छु, अहिले मिलेर एक एक जना आउनु भयो भने सवै अध्यक्ष भएर जाने वातावरण बन्छ । अहिले चारै जना चुनाव लड्दा ३ जना रिङ आउट हुने पक्का छ । त्यसैले सवै मिलेर उद्योग वाणिज्य महासंघलाई एकताबद्ध बनाउन पहल गर्नुपर्छ ।’

यसैगरी उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले मसलन्द उद्योग उद्योग वाणिज्य महासंघको महत्वपूर्ण अंग रहेको बताउँदै यसको समस्या समधानका लागि आफू सधैं प्रयास गर्न र उद्योगी व्यवसायीसँग मिलेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा मसलन्द उद्योगका अध्यक्ष हरिप्रसाद भण्डारीले अहिले पनि राज्यले कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर एउटै कायम गर्दा नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न अप्ठेरो परेको बताउनुभयो ।

देशभरका झण्डै ५ सय प्रतिनिधि सहभागी भएको साधरणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।