९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनलाई गृहमन्त्री लामिछानेको चुनौतिः सहकारीबाट ॠण मागेको प्रमाणित गरिदिनुस् राजनीति छोडिदिन्छु



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सो पार्टीका महामन्त्री गगन थापालाई आरो प्रमाणित गर्न खुला चुनौति दिएका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले सहकारीबाट ॠण मागेकोरलिएको प्रमाणित गर्न चुनौति दिँदै सो पाइएमा राजनीति छोडिदिने प्रतिक्रिया दिएका छन् ।

यस्तै, उनले प्रमाणित गर्न नसकेमा महामन्त्री थापालाई राजनीति छोड्न तयार हो ? भनी प्रश्न समेत गरेका छन् ।

‘किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिनसँग र तपाइँहरुको देश डुबाउने राजनीतिसँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ?’ उनले प्रश्न गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले आफ्ना पार्टीका नेता–कार्यकर्तालाई शिर ठाडो राख्न आग्रह गर्दै आफूले आजसम्म कसैलाई ठगि नगरेको प्रस्ट पारेका छन् ।