१८ भाद्र २०८३, बिहीबार
,
Latest
सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा



file
अ+ अ-

सल्लेरी । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् ।

आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रोप फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको थियो । “उहाँहरू शुक्रबार राति ८ः१५ बजे शिखरमा पुग्न सफल हुनुभयो, अब यस सिजनका लागि आरोहणको बाटो खुल्यो, पहिलोपटक शेर्पा टोली पुगेपछि अब अन्य आरोहीहरु जान्छन् ।” उहाँले भन्नुभयो ।

शेर्पा समूहमा टोली प्रमुख डेन्डी शेर्पा (दोलखा), तेन्जिङ ग्याल्जेन शेर्पा, (सोलुखुम्बु), पेम्बा टासी शेर्पा (सङ्खुवासभा), लाक्पा शेर्पा (सङ्खुवासभा), दावा रिन्जे शेर्पा (सङ्खुवासभा), दावा शेर्पा (सङ्खुवासभा), पाम दोर्जी शेर्पा(सोलुखुम्बु), सुकबहादुर तामाङ (सङ्खुवासभा), नामग्याल दोर्जे तामाङ (सोलुखुम्बु) र लाक्पा रिन्जी शेर्पा (सङ्खुवासभा) छन् । यो वसन्त ऋतुमा ४१ वटा समूहका चार सय १४ आरोहीले सगरमाथ चढ्ने अनुमति लिएका पर्यटन विभागले जनाएको छ । रासस