११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने

गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले गृहमन्त्री रवि लामिछानेले आफूलाई दिएको चुनौति स्वीकार गरेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि गृहमन्त्री लामिछानेले आफूले सूर्यदर्शन सहकारीबाट निवेदन दिएर ऋण लिएको प्रमाणित गर्न थापालाई चुनौति दिनुभएको थियो । प्रमाण दिन नसके थापाले राजनीति छोड्नुपर्ने उहाँको शर्त थियो । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले प्रमाण पेश गर्न नसके आफू राजनीति छाड्न तयार रहेको बताउनु भयो ।

उहाँले आफूहरुसँग भएको तथ्य, प्रमाणले आफूहरुले बोलेको कुरा प्रमाणित गर्ने दाबी गर्नुभयो । उहाँले आफू व्यक्तिले मात्रै नभई सिंगो नेपाली काँग्रेसले गृहमन्त्रीमाथि प्रश्न उठाएको भन्दै तथ्य प्रमाण नपुगे काँग्रेसलाई क्षति हुने भन्दै प्रमाण पुग्ने दाबी गर्नुभयो । उहाँले संसदीय छानविन समिति बनाएर छानविन गर्न गृहमन्त्री तयार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘छानविन गर्दा राजीनामा पनि चाहिँदैन । गृहमन्त्री भएर प्रमाण लुकाइसक्नु भयो । जे जति कुरा गर्नुपर्ने थियो उहाँले गरिसक्नुभएको छ । तथ्य, प्रमाण तोडमोड गरिसक्नु भयो । त्यसैले हामीलाई राजीनामा पनि चाहिँदैन । तर त्यति तोडमोड गर्दै गर्दापनि यति तथ्य प्रमाणहरु छन् कि, जसको आधारमा हामी जे कुरा भनिरहेका छौँ, त्यसको पुष्टि हुन्छ भन्नेकुराको हामीलाई शतप्रतिशत विश्वास छ । त्यसकारणले गर्दा संसदीय छानविन समिति सरकारले नबनाइकन पेलपाल गरेर अब हामी नीति, कार्यक्रम ल्याउँछौँ । अब हामी बजेट ल्याउँछौँ भनेर उहाँहरुले सोच्नुभएको छ भने अहिलेसम्म संसदभित्र छ, संसदभित्र मात्रै विषय सिमित रहँदैन । हामीले उठाएको विषयलाई सरकारले यसैगरी पेलेर लाने सोच बनायो भने संसदबाट सडकमा आउँछ । थप सरकारले त्यही ढंगको सामना गर्ने कुरामा तयार रहनुपर्छ ।

म त छोडिदिन्छु भनिसके त । उहाँले कहिले काठमाडौं क्षेत्र नं. ४ मा आउँछु भन्नुहुन्छ, त्यहाँ पनि आउनुस् । वागमतीमा नुहाउँछु भन्नुभयो नुहाउनुस् । छोडदिनुस् भने छोडिदिन्छु । चुनौति त मैले स्वीकार गरिहाले । त्यहाँ तथ्य, प्रमाण पुष्टि भएन भने सिंगो नेपाली काँग्रेस पार्टीलाई त्यसले कति क्षति पु¥याउँला ? कत्रो ठूलो लज्जाको विषय होला ? कत्रो ठुलो विश्वसनीयताको प्रश्न आउँला ? सिंगो नेपाली काँग्रेस पार्टी नै यो कुरा यसरी भनिरहेको छ भने यो चुनौतिको हाँक स्वीकार नगर्ने भन्ने त कुरै भएन ।’

महामन्त्री थापाले एमालेले भनेजस्तो आफूहरुले समिति बनाउनासाथ गृहमन्त्रीको राजीनामा नमाग्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाली काँग्रेसले २०८४ सालसम्म सरकारतिर फर्केर पनि नहेर्ने भन्दै सरकार ढाल्नका लागि छानविन समिति गठनको माग नगरेको बताउनु भयो ।