२२ भाद्र २०८३, सोमबार
,
Latest
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक



अ+ अ-

काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक भएको छ ।

स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई स्थान दिइएको छ । फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

त्यस्तै फिल्ममा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसीको निर्माण नियन्त्रण, गोरे याङदेनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेल (मिठो कम्पन)को मुख्य सहायक निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपाने क्यासको ध्वनी मिश्रण छ ।

पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सहनिर्माता छन् ।




भर्खरै