२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी लेखियो गुलाबीे



अ+ अ-

काठमाडौँ । चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबीः एक रङ’ को चर्चा भइरहेको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ । उनी पारालैङ्गिक महिला देखिएका छन् ।

‘लुक्स’लाई आकर्षक बनाउन मेकअपदेखि चरित्र रूपान्तरणमा अभिनेता हुसेनले मेहनत गरेको देखिन्छ । गुलाबी नामको पात्रको भूमिका रहेको चलचित्रलाई समुद्र भट्टले निर्देशन गरेका हुन् ।

“हामीले फिल्मको पात्रको बारेमा जानकारी दिन सार्वजनिक गरेको चरित्र पोस्टरले अपेक्षा बढेको पाएकी छु । यसले मलाई खुसी मिलेको छ भने दायित्व पनि थपेको छ”, निर्देशक भट्टले भने, “यसको कथा तयार भएपछि मैले सोचेकै कलाकारलाई अभिनय गराउन पाएँ । उहाँहरूको उपस्थितिले पात्रलाई जीवन्त बनाएको छ ।”

निर्माणसम्बन्धी सोच कोभिड–१९ कै समयमा आएको निर्देशक भट्टले जानकारी दिए । उनले भने, “म राहत वितरण गर्न जाने क्रममा नीलहिरा समाजमा पुग्दा सुनिएको कथाले आँखा रसाए । त्यसपछि पुराना दुई कथालाई पन्छाउँदै यसको सुरुआत गरेँ ।” उनले पटकथा निर्माण र अनुसन्धानमा लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा कार्य गर्ने संस्था नीलहिरा समाजसँगै नीति नेपालसँग परामर्श गरेको जानकारी दिए ।

बाहिरी आवरण र भित्री कथाको भिन्नता देख्न पाइने चलचित्रको शीर्ष भूमिकामा देखिएका अभिनेता हुसेनले एक वर्षसम्म पारालिङ्गी महिलालाई अवलोकन गर्नुका साथै चरित्र निर्माणका लागि क्लबदेखि सपिङ मलसम्म पछ्याए । यसमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, अनुपम श्रेष्ठ र विशाल पहारीकोसमेत अभिनय छ । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र आउँदो वर्षको वैशाखमा प्रदर्शन गर्ने तयारी छ । निर्देशक भट्टले यसअघि ‘रिङरोड’ र ‘आधापेज’जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । रासस




भर्खरै