२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा मोदीले गरे ‘पठान’को प्रशंसा– ‘श्रीनगरका थिएटरहरू हाउसफुल भइरहेका छन्’



अ+ अ-

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा हालैको भाषणमा शाहरुख खानको फिल्म ‘पठान’ को तारिफ गरेका छन् ।

मोदीले संसदमा पठानको प्रशंसा गर्दै धेरै वर्षपछि श्रीनगरका थिएटरहरू हाउसफुल चलिरहेको बताए। ‘श्रीनगरका थिएटरहरू दशकौंपछि हाउसफुल भइरहेका छन्।’ मोदीले भने, ‘३२ वर्षपछि पठानकै कारणले त्यहाँका थिएटरहरू हर्षोल्लासले भरिएका छन् । शो हाउसफुल हुन थाले । वर्षौंपछि श्रीनगरको थिएटरबाहिर हाउसफुल बोर्ड राखिएको छ ।’

मोदीले आफ्नो संसदको भाषणमा पठानलाई जासूसी थ्रिलर भनेपछि शाहरुख खानका फ्यान र सिने दर्शकहरूबिच चर्चा बढ्न थालेको छ । मोदीको उक्त भाषणको भिडियो अहिले सोशल मिडियामा भाइरल भइरहेको छ ।

रिलिज भएको १५ दिन बितिसक्दा पनि पठानको क्रेज उत्तिकै रहेको छ । पठानले बक्स अफिस कलेक्शनमा विश्वभर ८६५ करोड कमाइसकेको छ । भारतमा पनि यसको कलेक्सनले ४५० करोड नाघेको छ । दर्शकको क्रेज देखेर भारतमा पठानको टिकट मूल्य समेत घटाइएको छ ।