• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा ★   काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्रीको हित हुन्छ: योगेश भट्टराई

प्रधानसेनापति र बेलायती मन्त्रीबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपाल भ्रमणमा रहेका बेलायतका प्रतिरक्षा सेवामा आबद्ध जनशक्तिसम्बन्धी मन्त्री एन्ड्र्यु मुरीसनबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उहाँहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्ता भेटघाटबाट दुई देशबीच रहिआएको सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।