२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध पार्टीले बैध जनप्रतिनिधिलाई कारबाही गर्ने ?: प्रभु साह



अ+ अ-

काठमाडौं । हाल नेकपा एमालेका नेता प्रभु साहले अबैध पार्टीले बैध जनप्रतिनिधिलाई कारबाही गर्न नमिल्ने बताउनु भएको छ । माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेर फर्केपछि न्युजपोलारसंग कुरा गर्दै साहले नेकपा माओबादी केन्द्र अबैध रुपमा संञ्चालन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, "निर्वाचन आयोगमा दर्ता भएको दल हो भने महाधिवेशन हुनुपर्यो त्यो पनि भएको छैन, दुई ओटा दल समायोजन भएर बनेको भए नयाँ दल हुनुपर्यो त्यो पनि छैन, नेकपा माओबादी केन्द्रको नाममा नयाँ दल पनि दर्ता भएको छैन अनि यो पार्टी कसरी बैध भयो ?" नेता साहले कुनै कानूनी आधार बिना सञ्चालन भएको पार्टीले कारबाही गर्नु गैरकानूनी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो- "असंवैधानिक र अनिर्वाचित व्यक्तिले जनताबाट निर्वाचित प्रतिनिधिलाई कारबाही गर्ने रु यो कसरी जायज हुन्छ ।" उहाँले असंवैधानिक रुपमा संञ्चालन भइरहेको पार्टीलाई ट्रयाकमा ल्याउन आफूहरु निर्वाचन आयोग गएको दाबी गर्नुभयो । आयोगको निर्णयपछि थप निर्णय लिने साहले जानकारी दिनुभयो । गत बुधबार माओवादीको दल दर्ता खारेजीको निवेदन परेको थियो। आफूहरुका तर्फबाट परेको निवेदन बारे छलफल गर्न पूर्वमाओवादीका नेताहरू मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी शुक्रबार आयोगमा जानु भएको थियो ।

उहाँहरु एमाले माओबादी विभाजनपछि एमालेमा रहनु भएको थियो भने सरकारमा समेत सहभागी हुनुभएको थियो  तर सर्वोच्च अदालतले उहाँहरुको नियुक्ति बदर गरेपछि पदमुक्त हुनुभएको थियो । साहलगायत अन्य नेताले कारबाहीको माग गरेको नेकपा माओबादी केन्द्रको विगत नौ वर्ष देखि महाधिवेशन भएको छैन । यता माओबादीले भने आफ्नो पार्टीलाई असंवैधानिक देख्ने र उजुरी गर्ने नेताहरुको कदमलाई हास्यास्पद भनेको छ ।