२१ असार २०८३, आईतवार
,
Latest
निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालिकाले मेटाएको चित्रको फोटो फ्रन्टलाइनरहरूलाई हस्तान्तरण (भिडियो सहित)



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणको समयमा अग्रमोर्चामा खटिएकाहरुको सम्मानमा बनाएको चित्र उनिहरुको संस्थालाई हस्तान्तरण गरिएको छ । रत्नपार्कको आकाशेपुलको भित्तामा बनाएको चित्रको फोटो अग्रपंक्तिमा खटिएका संस्थाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो । 

पुनः चित्र बनाउन माग गर्दै काठमाडौं महानगरपालीकाको ध्यानकर्षण गराए पनि महानगरपालीकाले स्वीकृत नदिएपछि चित्रनिर्माणको संयोजन गर्नुभएका दुजाङ शेर्पाले नेपाल प्रहरी, नेपाल चिकित्सक सघ, नेपाल पत्रकार महासघलाई हस्तान्तरण गर्नुभयो । चित्रमा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका चिकित्सक, प्रहरी, स्वयंसेवी, पत्रकार, शव व्यवस्थापक, सफाइकर्मीको सम्मान मा चित्र बनाईएको हो ।  

६ दिन लगाएर कलाकारहरु दुजाङ शेर्पा सांगे थिन्ले लामा, किपा शेर्पा, सुमिना श्रेष्ठले चित्र तयार गर्नुभएको थियो । चित्र निर्माण संयोजन गर्नुभएका दुजाङ शेर्पाले भन्नुभयो, “ भित्तामा हाम्रो चित्र र सन्देश मेटाए पनि मनमा त मेट्न सक्दैनौं । आज उपहार स्वरूप  समर्पित यो चित्र हामीले हस्तान्तरण गरेका छौँ । उपहार लिँदा निकै खुसी र महानगरले मेट्दा एकदम दुःखी हुनु भएको गुनासो सुनाउनु भयो र हाम्रो समुहलाई धेरै धन्यवाद दिनुभयो र हामीलाई हाम्रो कर्ममा सन्तुष्ट महशुस भयो।