३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘बुलाकी’को प्रदर्शन मिति परिवर्तन, वैशाख १ गतेदेखि आउँदै



अ+ अ-

काठमाडौँ । सुरक्षा पन्त अभिनीत फिल्म ‘बुलाकी’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ ।

यसअघि फागुन १९ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म अब वैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको हो । निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ ।

लक्ष्मण सुनारको निर्देशन रहेको फिल्म ‘बुलाकी’ जारी प्रथामा आधारित छ । टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशिल पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ । फिल्मलाई शिव ढकालले खिचेका हुन् ।

फिल्मको कथा राजबहादुर सानेले लेखेका हुन् । यस्तै, पटकथा तथा संवादमा सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन् ।




भर्खरै