२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएसएआइडी प्रमुख सामन्था पावर आज नेपाल आउदै



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) प्रमुख सामन्था पावर आज नेपाल आउदै हुनुहुन्छ ।

नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको यो उच्च तहको भ्रमण हुनेछ । यसअघि सन् २००२ मा अमेरिकाका तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो । पावरलाई क्याबिनेटस्तरकी उच्च अधिकारी मानिन्छ । उहाँ राष्ट्रिय सुरक्षा परिषद्को सदस्यसमेत हुनुहुन्छ ।

छोटो अवधिमै अमेरिकाबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हुन लागेको हो । यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले हालै नेपालको भ्रमण गरी फर्किसक्नुभएको छ ।

नेपाल भ्रमणमा रहँदा पावरले नेपालका नागरिक समाजका अगुवाहरु, सामुदायिक समूहहरु, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीहरुसँग भेट्ने कार्यक्रम रहेको युएसएआइडीले जनाएको छ । भेटमा नेपाललाई थप लोकतान्त्रिक समृद्ध, समावेशी र लचिलो मुलुक बनाउने प्रयास र उपलब्धिहरुबारे छलफल हुनेछ ।

विज्ञप्तिअनुसार पावरले नेपाल र नेपाल सरकारसँग आफ्नो संलग्नता बढाउने युएसएआइडीको प्रतिबद्धता उजागर हुनेछ । विज्ञप्तिमा संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज, मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरुलाई सुदृढ बनाउन गति निर्माण गर्न नयाँ प्रयासहरुको पावरले घोषणा गर्ने उल्लेख छ ।

सन् २०२१ मे ३ बाट युएसएआइडीको जिम्मेबारी सम्हालेकी पावरले नेपाल सरकार र जनतासँगको अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ ।