१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई किन भेटे पाकिस्तानी क्रिकेटर रिजवानले ?



अ+ अ-

एजेन्सी । पाकिस्तानका चर्चित क्रिकेटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । पाकिस्तानदेखि काठमाडौं आएर रिजवानले नेपाली राष्ट्रिय टिमका सदस्य लामिछानेलाई भेटेका हुन् ।

स्रोतका अनुसार उनले सोमबार लामिछानेलाई भेट गर्दै मानसिक रुपमा बलियो हुन भनेका छन् । रिजवानले आइतबार साँझ नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसँग पनि भेट गरेका थिए ।

बलात्कार आरोप लागेर पुर्पक्षका लागि थुनामा समेत पुगेर धरौटीमा रिहाँ हुँदै टिममा फर्किका लामिछानेलाई हौसला तथा मानसिक रुपमा बलियो हुनका लागि आत्मविश्वास बढाउने उदेश्यले उनी काठमाडौं आएको स्रोतको भनाइ छ ।

विश्वका थुप्रै लिगहरु खेलेका लामिछाने र रिजवानको पाकिस्तानको लिग खेल्दा राम्रो सम्बन्ध थियो । रिजवान टि–२० क्रिकेटको विश्व बरियताको दोस्रो नम्बरका ब्याट्सम्यान हुन् । उनी सोमबारै स्वदेश फिर्ता भएका छन् ।