२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५०० नाघ्यो



अ+ अ-

एजेन्सी । टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी ज्‍यान गुमाउनेको संख्या ५०० नाघेको छ ।

दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भू–भागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५२१ पुगेको अन्तरार्ष्ट्रिय सञ्चारमाध्यममा समाचार छ ।

टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले टर्कीमा मात्रै २८४ जनाले ज्यान गुमाएको बताएका छन् । यस्तै, सिरियामा २३० जनाभन्दा बढीको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पबाट अलेप्पो,लटाकाइ,हामा र टर्टस प्रान्तमा मानिसको मृत्यु भएको जनाएको छ ।

भूकम्पबाट १० वटा सहरमा ठूलो क्षति पुगेको बताइएको छ । टर्कीमा २३२३ जना र सिरियामा ६३९ जना घाइते भएका छन् ।

यसअघि सन् १९९९ मा देशको उत्तर पश्चिममा गएको शक्तिशाली भूकम्पमा परेर १७ हजार मानिसले ज्यान गुमाएका थिए ।