२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीले हेर्नुभयो ‘महापुरुष’



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार महजोडी अभिनित ‘महापुरुष’ हेर्नुभएको छ । केही अगाडिदेखि कलाकर्मीसँगको भेटघाटमा राष्ट्रपति भण्डारीलाई अभिनेत्री गौरी मल्लले फिल्म हेर्न आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, “हामीसँग भएको कुराकानीकै आधार फिल्म हेर्नुभएको हो । फिल्म हेरेपछि उहाँले राम्रो प्रतिक्रिया दिनुभयो ।”

महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँगै कलाकार गौरी मल्ल, अञ्जना बराइली र प्राविधिक टिमका सदस्यसमेत उपस्थिति रहेको शो हेरेपछि राष्ट्रपति भण्डारीले फिल्म मन परेको प्रतिक्रिया दिनुभएको थियो ।

अभिनेता आचार्यले राष्ट्रपति कार्यालयमा फिल्मले उठान गरेको विषयवस्तुलाई रूचाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिज्यूले फिल्मले रुवाउने भन्ने सुन्नुभएको रहेछ । उहाँले नरुने भनेर फिल्म हेरे पनि कथावस्तुसँग जोडिएपछि आँखा रसाएका थियो ।” नेपाली फिल्मप्रति राष्ट्रपति भण्डारीले देखाउनुभएको चासोले फाइदा पुग्ने विश्वास अभिनेता आचार्यले व्यक्त गर्नुभयो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइलीसमेत मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनको कथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरलरूपमा प्रस्तुत गरिएको छ ।

षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री रहेका छन् । गत कात्तिक ११ मा प्रदर्शन भएको फिल्मले घरेलु बजारमै रु १० करोडको हाराहारीमा ग्रस कलेक्शन गरेको डाटा सार्वजनिक गरेको थियो । रासस




भर्खरै