२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविको परीक्षा कार्यतालिकाप्रति नेपाल मुस्लिम संघको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा स्नातकतहको विभिन्न संकायको परीक्षा सञ्चालनका निम्ति प्रकाशन गरिएको परीक्षा कार्यतालिकाप्रति नेपाल मुस्लिम संघले ध्यानाकर्षण जनाएको छ ।

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायको धार्मिक ,सांसकृतिक आश्थासँग गाँसिएको महान पर्व “इदुलअजहा”(बकरईद) २०७८ श्रावण ६ गते सम्भवतः हुने भएको भन्दै मुस्लिम संघले ध्यानाकर्षण गराएको हो । 

उक्त दिन सार्वजनिक विदा रहँदै आएकोमा वर्तमान संघीय सरकारले विदा कटौती गर्दा नेपाल मुस्लिम संघ अलोकतान्त्रिक,असंवैधानिक र ्आस्था माथिको प्रहार भनी आन्दोलन गरेको स्मरण गराउँदै संघले पुनः राजपत्रांकितमा नै स्थापित गराउन संघ घोषित अघोषित आन्दोलनमा नै रहेको सबैमा जानकारी गराएको छ । 

यस्तो विषयमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयलयलाई विगतमा पनि नेपाल मुस्लिम संघले लिखितरूपमा नै ध्यानाकर्षण गराएको भएतापनि यस्ता समवेदनशील कुराहरूको खोजीनिति नगरी गैरजिम्मेवारी किसिमबाट प्रकाशित गरेको कार्यक्रमप्रति नेपाल मुस्लिम संघले कडा आपत्ति समेत जनाएको छ । 

कोरोना महामारीका कारण परीक्षाहरू समयमा सम्पन्न हुन नसकेको हुँदा सबै तहको परिक्षा कार्यतालिकाको चाप बढेकोले परीक्षा सम्पन्न गर्नुपर्ने बाध्यतालाई नेपाल मुस्लिम संघले बुझेको तर आस्था माथि प्रहार गर्नु र मुस्लिम समुदायको विद्यार्थीलाई परीक्षा जस्तो कार्यक्रमबाट बञ्चिित गराउने खेल खेलेको आरोप समेत संघले लगाएको छ । 

संघले यस्तो किसिमको कुनै पनि कार्यक्रम तय गरि प्रकाशन गर्दा नेपाल सरकार तथा समवन्धित सम्पूर्ण निकायलाई यस्ता कुराहरूको जिम्मेवारिबोधका साथ ख्याल राख्न आग्रह गर्दै हाल प्रकाशित तालिका सच्याउन भनेको छ । 

यता त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि गराउने भएको छ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको हो । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोनाका कारण स्थगित भएको थियो ।