३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविको परीक्षा कार्यतालिकाप्रति नेपाल मुस्लिम संघको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा स्नातकतहको विभिन्न संकायको परीक्षा सञ्चालनका निम्ति प्रकाशन गरिएको परीक्षा कार्यतालिकाप्रति नेपाल मुस्लिम संघले ध्यानाकर्षण जनाएको छ ।

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायको धार्मिक ,सांसकृतिक आश्थासँग गाँसिएको महान पर्व “इदुलअजहा”(बकरईद) २०७८ श्रावण ६ गते सम्भवतः हुने भएको भन्दै मुस्लिम संघले ध्यानाकर्षण गराएको हो । 

उक्त दिन सार्वजनिक विदा रहँदै आएकोमा वर्तमान संघीय सरकारले विदा कटौती गर्दा नेपाल मुस्लिम संघ अलोकतान्त्रिक,असंवैधानिक र ्आस्था माथिको प्रहार भनी आन्दोलन गरेको स्मरण गराउँदै संघले पुनः राजपत्रांकितमा नै स्थापित गराउन संघ घोषित अघोषित आन्दोलनमा नै रहेको सबैमा जानकारी गराएको छ । 

यस्तो विषयमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयलयलाई विगतमा पनि नेपाल मुस्लिम संघले लिखितरूपमा नै ध्यानाकर्षण गराएको भएतापनि यस्ता समवेदनशील कुराहरूको खोजीनिति नगरी गैरजिम्मेवारी किसिमबाट प्रकाशित गरेको कार्यक्रमप्रति नेपाल मुस्लिम संघले कडा आपत्ति समेत जनाएको छ । 

कोरोना महामारीका कारण परीक्षाहरू समयमा सम्पन्न हुन नसकेको हुँदा सबै तहको परिक्षा कार्यतालिकाको चाप बढेकोले परीक्षा सम्पन्न गर्नुपर्ने बाध्यतालाई नेपाल मुस्लिम संघले बुझेको तर आस्था माथि प्रहार गर्नु र मुस्लिम समुदायको विद्यार्थीलाई परीक्षा जस्तो कार्यक्रमबाट बञ्चिित गराउने खेल खेलेको आरोप समेत संघले लगाएको छ । 

संघले यस्तो किसिमको कुनै पनि कार्यक्रम तय गरि प्रकाशन गर्दा नेपाल सरकार तथा समवन्धित सम्पूर्ण निकायलाई यस्ता कुराहरूको जिम्मेवारिबोधका साथ ख्याल राख्न आग्रह गर्दै हाल प्रकाशित तालिका सच्याउन भनेको छ । 

यता त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा साउन ५ गतेदेखि गराउने भएको छ ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको हो । गत वैशाख ५ गतेदेखि सुरु भएको परीक्षा कोरोनाका कारण स्थगित भएको थियो ।