२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महामन्त्री शर्माको क्यान अध्यक्ष चन्दलाई प्रश्न– न्यायको नियम पालना गर्नु पर्दैन?



file photo
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा सामेल गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

महामन्त्री शर्माले सामाजिक संजाल ट्वीटरमार्फत आफूले सन्दीपको विषयमा क्यान अध्यक्ष चतुर बहादुर चन्दलाई फोन गरेको बताएका छन् ।

‘क्यान अध्यक्षलाई फोनमा सोधेँ–खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैन?’ ,’ शर्माले लेखेका छन्, ‘खेलकुदमन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँछु–कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ, हतारको गल्ती सच्याऊँ भन्नुस्।’

महामन्त्री शर्माले खेलकुदमन्त्रीको पदसमेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इन्कित गर्दै मौनता जिम्मेवार जवाफ नहुने बताएका छन् । ‘मौनता जिम्मेवार जवाफ हुन्न !!’उनले लेखेका छन् ।

क्यानले हिजो मात्रै आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणीय सिरिजका लागि सन्दीपसहित दोस्रो चरणको बन्द प्रशिक्षणमा रहने २० खेलाडीको नाम घोषणा गरेको थियो । सन्दीप आज शुक्रबारबाट नेपाली टोलीको बन्द प्रशिक्षणमा सामेल भईसकेका छन् ।