२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महामन्त्री शर्माको क्यान अध्यक्ष चन्दलाई प्रश्न– न्यायको नियम पालना गर्नु पर्दैन?



file photo
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा सामेल गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।

महामन्त्री शर्माले सामाजिक संजाल ट्वीटरमार्फत आफूले सन्दीपको विषयमा क्यान अध्यक्ष चतुर बहादुर चन्दलाई फोन गरेको बताएका छन् ।

‘क्यान अध्यक्षलाई फोनमा सोधेँ–खेलको नियम पालना गर्ने संस्थाले न्यायको नियम पालना गर्नु पर्दैन?’ ,’ शर्माले लेखेका छन्, ‘खेलकुदमन्त्री प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण गराउँछु–कि सही भएको छ, बधाई दिनोस्, कि यो प्रकरणमा पनि अदालत कुरौँ, हतारको गल्ती सच्याऊँ भन्नुस्।’

महामन्त्री शर्माले खेलकुदमन्त्रीको पदसमेत सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इन्कित गर्दै मौनता जिम्मेवार जवाफ नहुने बताएका छन् । ‘मौनता जिम्मेवार जवाफ हुन्न !!’उनले लेखेका छन् ।

क्यानले हिजो मात्रै आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणीय सिरिजका लागि सन्दीपसहित दोस्रो चरणको बन्द प्रशिक्षणमा रहने २० खेलाडीको नाम घोषणा गरेको थियो । सन्दीप आज शुक्रबारबाट नेपाली टोलीको बन्द प्रशिक्षणमा सामेल भईसकेका छन् ।