३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले निर्णय गरेको स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता आजसम्म प्राप्त भएन: अनिता देवकोटा



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत् तानाशाही शासन चलाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले संसद छलेर अध्यादेशमार्फत् तानाशाही शासन चलाएको बताउनुभएको हो । 

उहाँले सरकारले नागरिकको हित विपरित केवल आफ्नो अभिष्ट पुरा गर्नका लागि राज्य सञ्चालन गरिरहेको बताउनुभयो । आफै कानुन बनाउने, कार्यान्वयन गने र कानुनको व्याख्या गरेर सरकारले निरंकुशता र अनुत्तरदायि प्रस्तुत गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘यदी सरकारले अध्यादेशमार्फत् बाटै मात्रै सत्ता सञ्चालन गर्ने हो भने यो तानाशाही हुन्छ । त्यसैले नागरिकको हित विपरित सरकारले आफ्नो अभिष्ट पुरा गर्नको लागि अध्यादेशको माध्यमबाट राज्य सञ्चालन गर्छ । आफैँ कानुन बनाउने, आफैँ कार्यान्वयन गर्ने र आफैँ कानुनको व्याख्या गर्ने यो प्रजातन्त्र भित्रको निरंकुशता हो । अनुत्तरदायी हो । यो सरकारको यही प्रमाण हो भन्ने मलाई लागेको छ ।’

उहाँले सरकारले घोषणा गरे अनुसार कोभिड – १९ विरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको बताउनुभयो । जोखिमभत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल नबढेको उहाँको भनाई छ । शिक्षा क्षेत्रपनि तहसनहस भएको उल्लेख गर्दै उहाँले कोभिड – १९ विरुद्धको खोप नपाई विद्यालय सञ्चालन गर्न नसक्ने भनेर शिक्षकहरु आन्दोलित भइरहेको भएपनि सरकार बेखबर रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘स्वास्थ्य क्षेत्रमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ता दिने भनेर सरकारले निर्णय गर्यो । तर आजसम्म ति स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन् । 

उनीहरुको मनोबल बढ्न सकेको छैन । शिक्षा क्षेत्र त्यस्तै तहसनहस छ । नो भ्याक्सिन, नो स्कूल भनेर शिक्षकहरु आन्दोलित छन् । तर सरकार बेखबर छन् ।’ उहाँले महिला हिंसाको घटनामा वृद्धि भईरहेको भन्दै यस्ता संवेदनशील विषयहरुमा सरकारले फास्ट ट्रयाकका माध्यमबाट अनुसन्धान गरी अपराधीहरुलाई कानुनी दायरामा ल्याउन सरकारले ढिला गरेको बताउनुभयो ।