३ पुष २०८२, बिहीबार
,
Latest
मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेतान्याहु १२ वर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित



अ+ अ-

तेल अभिभ । इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झण्डै १२ बर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोड्नु भएको छ । इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उहाँले सपरिवार खाली गरिदिनु भएको हो । 

प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चार माध्यमहरुले आइतबार खुवै महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो । 

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उहाँ देशको प्रमुख विपक्षी दलको नेता बन्नु भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री निवासबाट निस्केपछि उहाँ शाब्बातमा रहेको उहाँकै आफ्नै घरमा बस्न लाग्नु भएको छ । प्रधानमन्त्री पदबाट मुक्त भएको झण्डै एक महिनापछि उहाँ प्रधानमन्त्री बस्ने सरकारी निवासबाट बाहिरिनु भएको हो । 

विषेश एक सम्झौतापछि उहाँको सट्टामा इजरायलमा अहिले नाफ्ताली बेन्नेट प्रधानमन्त्री बन्नु भएको छ । उहाँले यही जुन १३ मा प्रधानमन्त्रीको जिम्मेबारी सम्हाल्नु भएको थियो । (रासस, एएनआई)