२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडफिल्डर विशाल राई पनि अष्ट्रेलियातर्फ



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

‘ए’ डिभिजन लिग नजिकिदै गर्दा राष्ट्रिय टोलीका नियमित सदस्य विशाल अष्ट्रेलियातर्फ लागेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मछिन्द्रका खेलाडीसहितको टोलीले शुक्रबार बिहान बिदाई गरेका छन् ।

विशाल सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर थिए । मछिन्द्रले लगातार दुई पटक लिग जित्दा उनी टिमका मुख्य खेलाडी थिए ।

विशालले नेपालका लागि २८ खेलमा ३ गोल गरेका छन् ।

पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीचको विवादका कारण समयमै शीर्ष डिभिजनको लिग हुन नसक्दा ३० भन्दा बढी खेलाडी विदेशिएका छन् । जसमा विशाल राई पनि थपिएका हुन् ।