२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडफिल्डर विशाल राई पनि अष्ट्रेलियातर्फ



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विशाल राई सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

‘ए’ डिभिजन लिग नजिकिदै गर्दा राष्ट्रिय टोलीका नियमित सदस्य विशाल अष्ट्रेलियातर्फ लागेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मछिन्द्रका खेलाडीसहितको टोलीले शुक्रबार बिहान बिदाई गरेका छन् ।

विशाल सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर थिए । मछिन्द्रले लगातार दुई पटक लिग जित्दा उनी टिमका मुख्य खेलाडी थिए ।

विशालले नेपालका लागि २८ खेलमा ३ गोल गरेका छन् ।

पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीचको विवादका कारण समयमै शीर्ष डिभिजनको लिग हुन नसक्दा ३० भन्दा बढी खेलाडी विदेशिएका छन् । जसमा विशाल राई पनि थपिएका हुन् ।