३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने



तस्बिरः प्रविन पौडेल/रासस
अ+ अ-

काठमाडौँ। इन्द्रजात्राका लागि इन्द्रध्वजोत्थान गर्न भक्तपुरको नाला सामुदायिक वनबाट ल्याइएको इन्द्रध्वजको प्रतीक भोटाहिटी ल्याइएको छ ।

प्रत्येक वर्ष भाद्रपद शुक्ल द्वितीयाका दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा वन यात्रा सुरु गरी लिङ्गोको लागि रुख काट्न वनमा जाने परम्परा रहेको छ । त्यसअनुसार भदौ २८ गते आइतबार बिहान ९ः५३ को साइतमा गएको टोलीले नाला सामुदायिक वनबाट सल्लाको रुख काटेर भोटाहिटीमा ल्याइएको हो ।

वनमा पुगेर तरबार र खड्ग एवं रुखको पनि पूजा गरी समितिले नै दिएको साइतअनुसार भदौ २८ गते आइतबार रातिको ८ः४७ बजे रुख काटेर ल्याइएको हो । रुख काट्नुअघि बोकाको बलिसहित तान्त्रिक विधिले पनि पूजा गर्ने परम्परा रहेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित नाला सामुदायिक वनबाट इन्द्रध्वजको प्रतीकका लागि रुख काटेर ल्याउने परम्परा रहेको छ । इन्द्रजात्रा र बिस्केट जात्राका लागि यही सामुदायिक वनबाट सल्लाको रुख ल्याउने गरिएको संस्थानका कर्मचारी रमेश काफ्लेले बताउनुभयो ।

इन्द्रजात्राको लिङ्गोका लागि रुख काट्न सामुदायिक वनसँग सम्झौता गर्ने गरिएको छ । बिस्केट जात्राको लिङ्गो काट्नका लागि भने बोलपत्र आह्वान गर्ने गरिएको संस्थानले जनाएको छ ।

भोटाहिटीमा ल्याई राखिएको इन्द्रध्वजको प्रतीक असोज ३ गते शनिबार बिहान ०८ः०५ बजेको साइतमा नगर प्रवेश गराइन्छ ।

इन्द्रध्वजको प्रतीकलाई भोटाहिटीबाट हनुमानढोका दरबार क्षेत्रमा लैजानुलाई नगर प्रवेश भन्ने गरिएको गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरले राससलाई जानकारी दिनुभयो । रासस