१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने विषय अहिलेको सरकारको प्राथमिकतामा : मन्त्री शशी श्रेष्ठ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा लिपिवद्ध गरिएका जनताका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने विषय अहिलेको सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ ।  

शुक्रबार भक्तपुरमा आयोजित जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले मध्यथिमी नगरपालिका ९साविक वडा नं। ६ र ८० का जग्गाविहीनहरुलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै संविधानमा व्यवस्था भए अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्ने कार्य सम्पन्न गर्नको लागि राष्ट्रिय भूमि आयोगले नेपालको इतिहासमै पहिला पटक ऐन बनाएर अघि बढेको पनि बताउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘नेपाल सरकारको अत्यन्तै उच्च प्राथमिकतामा रहेको विषय भनेको संविधानमा लिपिवद्ध गरिएका जनताका हक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्नु हो । यसलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय महत्वका साथ यो अभियान नै सञ्चालन गरेको व्यहोरा पनि यहाँहरु सामु राख्न चाहन्छु । संविधानमा व्यवस्था भए अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्वासीहरुलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोवासीहरुको व्यवस्थापन गर्ने कार्य सम्पन्न गर्नको लागि राष्ट्रिय भूमि आयोगले नेपालको इतिहासमा पहिलो पटक ऐन नै बनाएर यसलाई अघि बढाएको छ । यो अहिलेको सरकारको अत्यन्तै उच्च प्राथमिकतामा रहेको विषय हो । योसँगै संविधानमा नै व्यवस्था भएको मुक्त कमैया, कमलरी, हरुवाचरुवा, हलिया, भूमिहिन सुकुम्वासीहरु पहिचान गरेर बसोवासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषि योग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनः स्थापना गर्ने भन्ने विषय पनि प्राथमिकतामा रहेको छ ।’

मन्त्री श्रेष्ठले वर्तमान सरकारले  संविधानमा व्यवस्था भएको मुक्त कमैया, कमलरी, हरुवाचरुवा, हलिया, भूमिहीन सुकुम्वासीहरु पहिचान गरेर बसोवासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषि योग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनः स्थापना गर्ने भन्ने विषय पनि प्राथमिकतामा राखेको बताउनु भयो ।