४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रिमा गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती विशिष्ट अतिथि



अ+ अ-

काठमाडौँ । यस वर्षको महाशिवरात्रिका अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई विशिष्ट अतिथिका रुपमा निमन्त्रणा गरिएको छ ।

पूर्वीय दर्शनका ज्ञाता निश्चलानन्द सरस्वतीलाई महाशिवरात्रि पर्वको विशिष्ट अतिथिका रुपमा निमन्त्रण गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँ फागुन ४ गते काठमाडौँ आउनुहुने छ । तयारीका लागि केही दिनअघि निश्चलानन्द सरस्वतीका अन्तर्राष्ट्रिय प्रभारी डा प्रेमचन्द्र झा नेपाल आउनुभएको थियो । यस वर्ष फागुन ६ गते महाशिवरात्रि पर्व परेको छ ।

शङ्कराचार्यको आगमनको तयारी गर्न बुधबार पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा कोषको संयोजनमा धार्मिक सङ्घ संस्थाको भेला बोलाइएको मठका पीठाधीश रमणानन्द स्वामीले जानकारी दिनुभयो । रासस