२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाबालिकसँग अनैतिक सम्बध राखेको आरोपमा अनाथालयका प्रमुख पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

दोधारा चाँचदी । नाबालिकामाथि यौन शोषण गरेको आरोपमा महेन्द्रनगरस्थित अञ्चल बाल अनाथालयका प्रमुख शङ्करबहादुुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मङ्गलबार भीमदत्त नगरपालिका–४ स्थित अञ्चल बाल अनाथालयको कार्यालयबाटै प्रमुख चन्दलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता चक्रबहादुर शाहले अनाथालयमा आश्रय लिएका नाबालिकासँग अनैतिक सम्बन्ध रहेको सूचना आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको बताउनुभयो । “कार्यालय प्रमुखबाट नाबालिकामाथि यौनजन्य दुव्र्यवहार भएको सूचना पाएपछि नियन्त्रणमा लिएका हौँ ।” उहाँले भन्नुभयो, “मौखिक सूचना आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ ।”

अनाथालयमै आश्रय लिएका एक नाबालिकको गर्भ तुहाएपछि घटना बाहिरिएको हो । अभिभावकविहीन बालबालिकाको आश्रयस्थलमै नाबालिक असुरक्षित भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । रासस