२० भाद्र २०८३, शनिबार
,
Latest
आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालयहरु दलीयकरणको मारमा परेः सांसद जितेन्द्रनारायण देव



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताउनुभएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलवार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठूलो बनेको बताउनु भयो ।

उहाँले विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको बताउनु भयो । उहाँले विश्वविद्यालयहरु दलीयकरण हुँदा विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताउनु भयो । उहाँले उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एशियाली विद्यार्थीहरुसँग पनि प्रतिष्पर्धामा पछि परिरहेको बताउनु भयो । उहाँले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साउथ एशियान लेभलको जब कम्पिटीशनको अवस्था आउँछ, त्यो एम्शमा नेपाली विद्यार्थीहरु, भुटानी विद्यार्थीहरु, अफगानीहरु, भारतीयहरुले त्यहाँ प्रतिष्पर्धा गर्ने सन्दर्भमा हाम्रो शैक्षिक गुणस्तरको नापतौल हुन्छ । त्यहाँ समस्याहरु देखिरहेका छन् । गुणस्तरमा कमजोरी भएका कारणले नेपाली विद्यार्थीहरु अन्य देशका विद्यार्थीहरु भन्दा केही पछि पर्ने सममस्याहरु देखिएका छन् । त्यसलाई सम्बोधन गर्न सक्नुपर्छ ।’

‘हाम्रा करिकुलमहरु, नेपालभित्र जतिपनि विश्वविद्यालयहरुले करिकुलम बनाएका छन्, त्यसमा अझै रिभ्यु गरेर नेपाली आवश्यक्ताको आधारमा करिकुलममा परिमार्जन गर्ने र पाठ्यक्रमहरु निर्धारण गर्नुपर्छ । नेपालमा जति पनि विश्वविद्यालयहरु छन्, त्यहाँ एउटा ठूलो विषय भनेको स्वायत्तताको विषय हो । राजनीतिकरण भन्दा पनि दलीयकरणको मारमा परेका छन् । त्यसले पनि शैक्षिक गुणस्तरमा सुधार आउन सकेको छैन । देशभित्र सरकार बाहेकका पुँजी जहाँ जहाँ छन् र बाहिरबाट आउनसक्ने सम्भावना जहाँ छ, त्यसलाई एनलाइसेस गरेर इनिसिएटर्सहरु खडा हुन्छ, पहल गर्छ भने त्यसलाई सरकारले इन्करेज गर्नुपर्छ ।’

समितिको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की राष्ट्रिय सभा सांसद गंगाकुमार बेल्वासेले शिक्षामा सार्क राष्ट्रहरुमध्ये नेपाललाई आकर्षणको केन्द्र बनाउनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरुमा सानैदेखि विदेश पढ्न जाने मानसिकता विकास भइरहेको भन्दै त्यसलाई रोक्नेगरी अघि बढ्नुपर्ने बताउनु भयो ।