९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी

कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी
अ अ+ अ-

काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

निर्माण व्यवसायीहरूले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरूको रोहवरमा सडक खन्ने काम सुरु गरेको हो ।

शनिवारबाट ट्रयाक खोल्ने तयारी रहेको छ । शुक्रवार राति संचारकर्मीसँग कुरा गर्दै निर्माण व्यवसायी महासंघका उपाध्यक्ष सहदेव खड्काले कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर एक्स्काभेटर गुड्न ट्रयाक खोलिसकेको जानकारी दिए । उनले मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेको र बाँकी ५० मिटर ट्रयाक शनिवारबाट खोल्ने तयारी रहेको बताए ।

यात्राहरूलाई बन्दको अवस्थामा नआत्तिकन अरू विकल्प प्रयोग गर्न अनुरोध गर्दै उपाध्यक्ष खड्काले अस्थायी रूपमा भएपनि सडक राम्रो बनाउने काममा आफूहरू लागेको स्पष्ट पारे । विपद्को घडीमा राज्यलाई सघाउनु हामी सबैको जिम्मेवारी भएको उल्लेख गर्दै उनले ट्रयाक छिटो सकेर शनिवारसम्म साँझसम्म नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्ने बताए ।

उनले भने, ‘हामी अहोरात्र खटेर काम गरिरहेका छौँ । कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर एक्स्काभेटर गुड्न ट्रयाक खोलिसकेका छौँ । मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेका छौँ । अब ५० मिटर जति मात्रै हाम्रो बाँकी रहेको छ । ट्रयाक छिटो सकेर शनिवारसम्म व्यवस्थित रूपमा नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्न चाहन्छौँ ।’

गत भदौ १० गते र त्यसपछि निरन्तर आएको त्रिशूली बाढीको कारण कृष्णभीर, परेवाभीरसहितका विभिन्न स्थानको सडक कटान गरी बगाएको थियो ।

जसका कारण पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौं नाका प्रवेश गर्ने सवारी साधनले सास्ती भोगिरहेका छन् । खाद्यान्न लगायत, अत्यावश्यक सामग्रीहरू आयात गर्न पनि असहज भएको छ ।–न्युज एजेन्सी नेपाल