२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले संसदभित्र र बाहिर पनि एक ढिक्का रहन्छः योगेश भट्टराई



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको निर्णय पछि एमालेका नेताहरुले मिश्रित प्रतिक्रिया जनाएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्बोच्चको फैसलाले मुलुक गंभीर संकट र अस्थिरतामा धकेलिएको टिप्पणी गर्नुभएको छ । उहाँले  संसदीय ब्यवस्था र दलीय प्रणालीको मुल मर्म मै नांगो प्रहार भएको दाबी गर्नुभएको छ ।  

उता नेकपा एमालेका नेता योगेश भट्टराईले सर्बोच्च अदालतको संबैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्नुभएको छ । उहाँले बदलिएको अबस्थामा नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता हरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्नुभएको छ । फैसला पछि सामाजिक संञ्जलमा नेता भट्टराईले लेख्नु भएको छ –

सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु । हिजो भएको १० बुदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने बिश्वास ब्यक्त गर्दछु ।

उता एमालेका नेता बिष्णु रिजालले सरकार आउने—जाने नियमित कुरा नियमित भएको भन्दै संसदमा एमाले नै निर्णायक शक्तिका रुपमा रहने उल्लेख गर्नुभएको छ ।  उहाँले लेख्नु भएको छ 
–सरकार आउने–जाने नियमित कुरा हो । हामी एमालेका लागि मुख्य कुरा हाम्रो पार्टी एकता हो । हिजो भएको सहमति अनुसार पार्टीलाई बचाउन सक्दा सदनमा देउवाको बहुमत पुग्दैन । एमाले नै निर्णायक रहन्छ । सदनमा पनि एमाले एक नम्बर, चुनावमा पनि एमाले एक नम्बर १किनकि, चुनावको विकल्प छैन ।