२१ असार २०८३, आईतवार
,
Latest
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले संसदभित्र र बाहिर पनि एक ढिक्का रहन्छः योगेश भट्टराई



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको निर्णय पछि एमालेका नेताहरुले मिश्रित प्रतिक्रिया जनाएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्बोच्चको फैसलाले मुलुक गंभीर संकट र अस्थिरतामा धकेलिएको टिप्पणी गर्नुभएको छ । उहाँले  संसदीय ब्यवस्था र दलीय प्रणालीको मुल मर्म मै नांगो प्रहार भएको दाबी गर्नुभएको छ ।  

उता नेकपा एमालेका नेता योगेश भट्टराईले सर्बोच्च अदालतको संबैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्नुभएको छ । उहाँले बदलिएको अबस्थामा नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता हरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्नुभएको छ । फैसला पछि सामाजिक संञ्जलमा नेता भट्टराईले लेख्नु भएको छ –

सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनः स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु । बदलिएको परिस्थितीमा प्रतिनिधिसभाको बाँकी कार्यकालको शुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वन गर्दछु । हिजो भएको १० बुदे सहमतिलाई ईमन्दारिताकासाथ कार्यन्वयन गर्दै नेकपा एमालेलाई संसदभित्र र बाहिर पनि एक ढिक्का रहने छ भन्ने बिश्वास ब्यक्त गर्दछु ।

उता एमालेका नेता बिष्णु रिजालले सरकार आउने—जाने नियमित कुरा नियमित भएको भन्दै संसदमा एमाले नै निर्णायक शक्तिका रुपमा रहने उल्लेख गर्नुभएको छ ।  उहाँले लेख्नु भएको छ 
–सरकार आउने–जाने नियमित कुरा हो । हामी एमालेका लागि मुख्य कुरा हाम्रो पार्टी एकता हो । हिजो भएको सहमति अनुसार पार्टीलाई बचाउन सक्दा सदनमा देउवाको बहुमत पुग्दैन । एमाले नै निर्णायक रहन्छ । सदनमा पनि एमाले एक नम्बर, चुनावमा पनि एमाले एक नम्बर १किनकि, चुनावको विकल्प छैन ।




भर्खरै