१ भाद्र २०८३, सोमबार
,
Latest
दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्नु नपर्ने



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनु नपर्ने जानकारी दिए । 

 यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पिसिआर परीक्षणको शुल्क रु आठ सय तोकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।