२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा



अ+ अ-

काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकता लिन आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्नुभएको छ । उहाँ पुग्नुअघि नै प्रशासन कार्यालयमा भीड लागिसकेको थियो । भीड बढेपछि प्रहरी पनि बाक्लोरुपमा परिचालन भएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा गर्नुभएको थिएन ।

उहाँले पुनः नेपाली नागरिकता नलिएको भनी मुद्दा परेपछि सर्वोच्च अदालतले गत शुक्रबार उहाँको सांसद पद बदर गरेको थियो । सांसद पद बदर भएसँगै उहाँ उपप्रधानमन्त्री एवं गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सोही पार्टीको संसदीय दलको नेताबाट पनि विमुख हुनुभएको थियो ।