• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

रास्वपाको कार्यवाहक सभापति र दलको नेताका अर्याल



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा र संसदीयदलको नेतामा डोलप्रसाद (डीपी) अर्याल चयन हुनु भएको छ ।

नागरिकताका कारण पार्टीका सभापति रवि लामिछाने पद गुमेपछि शुक्रबार राति बसेको पार्टीको आकस्मिक बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो ।

बैठकले अर्याललाई कार्यवाहक सभापति सहित दलको नेता बनाउने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।