११ पुष २०८१, बिहीबार
,
Latest
पुष्पाः २ टिमले भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिने सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार जब कोहलीले ब्रेकफास्टपछि नेपाली शेफसँग फोटो खिचाए क्रिसमसको शुभकामनामा पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको आह्वान दोहोरियो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री स्थानीय तहका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री लेखक तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु सिचुआन एअरलाइन्सको चार्टर्ड विमान पोखरामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेसंग अमेरिकी राजदूतको भेट



अ+ अ-

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग सिष्टाचार सँग भेटवार्ता गर्नुभएको छ ।

गृहमन्त्रालयमा आज विहान भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धि लगायतका विषयमा कुराकानी भएकाे छ । नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभिवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्युनीकरण, उर्जाको विकास, प्रविधि हस्तानतरण लगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा राजदूत थम्सनसंगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका अधिकारीहरु पनि सहभागी हुनुहुन्थो।