१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुवि खानसहितका अधिकारकर्मीलाई प्रहरीले छाड्यो



अ+ अ-

काठमाडौँ । प्रहरीको नियन्त्रणमा परेका रुवि खानलगायत अधिकारकर्मीको टोलीलाई छाडिएको छ ।

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेकी खानलगायतलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो ।

माइतीघरबाट र्‍यालीसहित बबरमहलतर्फ अघि बढिरहेका अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला उनीहरुलाई पक्राउ गरिएको थियो ।

उनीहरुले माइतीघरमण्डलाबाट न्यायको माग गर्दै र्‍याली निकालेका थिए । यसैबीच, अधिकारकर्मी खानले आफूहरुका माग सम्बोधन गर्ने प्रक्रिया पाँच दिनभित्र सुरु नगरे आमरण अनसन बस्ने चेतावनी दिएकी छन् ।

उनीहरुले ‘निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने’लगायतका माग राखेका छन् ।