४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर

बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान

बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान
अ+ अ-

काठमाडौं । बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन गरिएको जिल्लाव्यापी पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बाजुराले विसं २०८२ पुसदेखि जिल्लाका नौवटै स्थानीय तहमा खोप अभियान सञ्चालन गरी खोरेत, लम्पीस्किन, पिपिआर र इटी रोगविरुद्ध एक लाख ७४ हजार पाँच सय ९८ डोज खोप लगाएको छ ।

केन्द्रका प्रमुख सिद्धराज जैशीका अनुसार पशुचौपायामा देखिने विभिन्न रोगको रोकथामका लागि जिल्लाका नौवटै स्थानीय तहका प्रत्येक वडामा पुगेर खोप सेवा दिइएको हो । अभियानका लागि २८ जना खोपकर्ता तथा पशु प्राविधिक परिचालन गरिएको उहाँले बताउनुभयो ।

अभियानअन्तर्गत गाई, भैँसी, बाख्रा र भेडामा लाग्ने खोरेत रोगविरुद्ध ६७ हजार पाँच सय १७ पशुचौपायालाई खोप लगाइएको छ । गाई र भैँसीमा देखिने लम्पीस्किन रोगविरुद्ध तीन हजार चार सय ९६ पशुलाई, भेडा तथा बाख्रामा लाग्ने पिपिआर रोगविरुद्ध एक लाख पाँच हजार सात सय २० पशुलाई र इटी रोगविरुद्ध दुई हजार पशुलाई खोप लगाइएको केन्द्र प्रमुख जैशीले जानकारी दिनुभयो ।

जिल्लाव्यापी खोप अभियान सञ्चालन गरेपछि हालसम्म ती रोगको प्रकोप नदेखिएको र यसले रोग नियन्त्रण तथा सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुगेको जैशीले बताउनुभयो । “पशुचौपायामा खोरेत, लम्पीस्किन, पिपिआर र इटी रोगको सङ्क्रमण देखिए किसानले ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ । त्यसकारण रोग लागेपछि उपचार गर्नुभन्दा अगाडि नै खोप लगाउनु महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो ।

बाजुराजस्तो दुर्गम तथा भौगोलिक रूपमा विकट जिल्लामा समयमै खोप सेवा नपुग्ने समस्या रहेकोमा पहिलोपटक गाउँमै पुगेर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

यसअघि पशुचौपायामा समस्या देखिए पालिका तथा जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता रहेका किसानले गाउँमै निःशुल्क खोप सेवा पाएपछि राहत महसुस गरेका छन् । नियमित खोप सेवा नहुँदा पशुचौपाया मर्ने तथा दूध र मासु उत्पादन घटेर आर्थिक क्षति व्यहोर्दै आएका किसानलाई निःशुल्क र सहज रूपमा खोप सेवा उपलब्ध हुँदा ठूलो राहत मिलेको स्थानीय दलबहादुर रावतले बताउनुभयो ।

यसैबीच, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले गत आर्थिक वर्षमा २५ हजार दुई सय ७८ पशुपन्छीको उपचार तथा पशु सेवा परामर्श दिएको जनाएको छ । केन्द्रले लक्ष्यअनुसार बडीमालिका नगरपालिका–१, गौमुल गाउँपालिका–१ तथा खप्तड छेडेदह गाउँपालिकाका वडा नं ६ र ७ मा गरी चारवटा पशु स्वास्थ्य शिविर सञ्चालन गरी छ हजार ७४ पशुपन्छीको उपचार तथा खोप लगाएको जनाएको छ ।