३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा

विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपत्तिका बेला सरकारलाई पूर्ण सहयोग गर्नु पार्टीको प्राथमिकता रहेको बताएका छन्। उनले संकटको नेतृत्व सरकारले नै गर्नुपर्ने र कांग्रेसले सरकारलाई आवश्यक सहयोग गर्ने स्पष्ट पारे।

कांग्रेस पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा थापाले उद्धार तथा राहतमा देखिएका कमजोरी औँल्याउनु सरकारको आलोचना नभई सहयोगको हिस्सा भएको बताए।

‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्‍याउनु हो,’ उनले भने।

थापाले कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा देशभरका निर्वाचित जनप्रतिनिधिलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रह गरे।

पार्टीका विभिन्न तह र समितिबाट सङ्कलन हुने रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा बुझाउने तयारी रहेको उनले जानकारी दिए।राहत वितरणमा दोहोरोपन नहोस् भन्ने उद्देश्यले पार्टीले यस्तो व्यवस्था गर्न लागेको उनको भनाइ थियो।

विशेषगरी सुरुङ तथा जटिल भौगोलिक क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि नेपालसँग पर्याप्त प्राविधिक क्षमता नभए विदेशी सहयोग लिन हिचकिचाउन नहुने थापाले बताए। यस विषयमा आफूले परराष्ट्रमन्त्रीसँग समेत कुराकानी गरिसकेको उनले जानकारी दिए।

‘हामीसँग भएको स्रोतले मात्र पुग्दैन भने बाहिरको मद्दत लिएर भए पनि नागरिकको ज्यान जोगाउनुपर्छ,’ थापाले भने।
विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै थापाले संघीय सरकारले स्थानीय सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिए।

स्थानीय तहलाई पन्छाएर विपद्को सामना गर्न नसकिने उनको भनाइ थियो। थापाले भोलि आफैँ बाढी–पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझ्ने र थप राहत तथा उद्धारका लागि पहल गर्ने जानकारी दिए।

बैठकमा नुवाकोट, रसुवा र धादिङका कांग्रेस नेता तथा कार्यकर्ताले सम्बन्धित क्षेत्रमा भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे जानकारी गराएका थिए।