१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

प्रदेश एकलाई हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन

प्रदेश एकलाई हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन
अ अ+ अ-

काठमाडौँ । रुबिना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

इटहरीको जनता पार्कमा शनिवार सम्पन्न फाइनल खेलमा ६ विकेटको सहज जित निकाल्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । यससँगै सुदूरपश्चिमले ८ टोलीले सहभागिता जनाएको प्रतियोगितामा अपराजित रहँदै उपाधि उचाल्न सफल भएको हो ।

पहिलोपटक च्याम्पियन बनेको सुदूरपश्चिमले उपाधिसहित पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता प्रदेश एकले तीन लाख रुपैयाँ पुरस्कार पायो । प्रदेश १ ले प्रश्तुत गरेको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १ बल बाँकी रहँदा चार विकेट गुमाएर भेटाउन सफल भएको हो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सम्झना खड्काले अविजित २७, डोली भट्टले २२, कविता जोशीले अविजित १९ र कविता कुँवरले १२ रन जोड्न सफल भएका थिए ।

बलिङतर्फ प्रदेश १ का लागि सबनम राई, कप्तान रुबिना क्षेत्री, संगीता राई र हिरनमायी रोयले समान एक÷एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर मात्र १ सय १ रन बनाएको थियो । प्रदेश १ का लागि काजल श्रेष्ठ अर्धशतकीय पारी खेल्न दुई रनले चुकिन् । ६३ बलमा ८ चौकाको मद्दतमा अविजित रहँदै सर्वाधिक ४८ रनको योगदान दिएकी थिइन् । यसैगरी अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । प्रदेश १ लाई सस्तैमा रोक्ने क्रममा सुदूरपश्चिमका लागि मनिषा चौधरीले दुई तथा ऋतु कनोजियाले एक विकेट लिए ।

सात प्रदेश र एक विभागीय टोलीले सहभागिता जनाएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी कविता कुँवर प्लेयर अफ दि सिरिज घोषित भइन् भने उत्कृष्ट ब्याटर समेत चुनिइन् । सर्वोत्कृष्ट खेलाडी बापत उनले ३० हजार र ब्याटरको रुपमा २० हजार प्रात गरिन् । यस्तै उत्कृष्ट बलर मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित भइन् ।