१६ श्रावण २०८३, शनिबार
,
Latest
गणेश यादवका परिवारसँग आठबुँदे सहमति बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालसँग यूएई र कतारका राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका राजदूतले आज छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूत युसुफ वीन मोहम्मद अल हेलबीच पनि दुई देशको सम्बन्ध, आसपी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

यूएई र कतारका राजदूतले नेपालको प्रधानमन्त्रीमा नियुक्त हुन भएका प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको थियो । रासस